बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6468
    माघ २५, २०८० बिहीबार
    नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

    काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

    यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् ।

    सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

    नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij