बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

एकदिवसीय शृङ्खला : क्यानडाविरुद्ध नेपालले गुमायो चौथो विकेट, भीम १७ रन थपेर आउट


  • 352
    SHARES
  • https://indrenipost.com/posts/6470
    माघ २५, २०८० बिहीबार
    एकदिवसीय शृङ्खला : क्यानडाविरुद्ध नेपालले गुमायो चौथो विकेट, भीम १७ रन थपेर आउट

    काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले भीम सार्कीलाई चौथो विकेटका रूपमा गुमाएको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले भीमलाई २२.३ ओभरमा गुमाएको हो ।

    भीमले नेपाली टिमको स्कोरबोर्डमा १७ रन जोडे । जारी खेलको २३ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १११ रन बनाएको छ ।

    नेपालले त्यसअघि आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो । ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए ।

    यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij