बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6483
    माघ २५, २०८० बिहीबार
    क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो । एक समय क्यानडा १७४–४ को सहज अवस्थामा थियो ।

    त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमाउँदा नेपालले सात रनको रोमाञ्चक जित निकालेको हो । क्यानडाका निकोलस किर्टोनले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।

    उनले ९९ बलमा सात चौका प्रहार गरे । यस्तै, पर्गत सिंहले ५८ बलमा नौ चौकासहित ५० रन बनाए । ३५–२ को अवस्थाबाट यी दुईले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।

    तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । हर्ष थाकेरले ३२ र आरोन जोन्सनले २० रन जोड्दा अन्यले दोहोरो अंकमा रन थपेनन् । क्यानडाविरुद्ध रोमाञ्चक जित दिलाउन नेपालका कप्तान पौडेलले चार विकेट लिए ।

    ८.५ ओभर बलिङ गरेका रोहितले दुई मेडन फ्याक्दै ३३ रन खर्चिए । ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी, कुशल मल्ल, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ रिजन ढकालले समान एक विकेट हात पारे ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

    नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो ।

    आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे ।

    यसबाहेक, ओपनर आसिफ सेख र कप्तान पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे । क्यानडाका उदय भगवानले तीन विकेट लिए ।

    आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखलाअघि नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो ।

    अब नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij