बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आईसीसी यू–१९ विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने


  • 577
    SHARES
  • https://indrenipost.com/posts/6511
    माघ २६, २०८० शुक्रबार
    आईसीसी यू–१९ विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने

    आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो ।

    गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए । ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो। पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए ।

    अन्यको प्रदर्शन उल्लेखनीय रहेन। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए । भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij