बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु


  • 334
    SHARES
  • https://indrenipost.com/posts/6524
    माघ २७, २०८० शनिबार
    क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ ।  

    यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।    

    आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजबंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् ।

    त्यस्तै आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ । 

    नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द ।   

    यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ ।

    नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ ।  

    नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij