बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


  • 541
    SHARES
  • https://indrenipost.com/posts/6533
    माघ २७, २०८० शनिबार
    क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

    काठमाडौं । क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको हो ।  

    क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।  

    त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij