बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि


  • 379
    SHARES
  • https://indrenipost.com/posts/6547
    माघ २८, २०८० आइतबार
    जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

    काठमाडौं । कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो ।

    कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

    यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ ।

    यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो । योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij