बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षण सुरु


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6554
    माघ २८, २०८० आइतबार
    ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षण सुरु

    गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको काम सुरु गरिएको छ ।

    धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोटको काम सुरु गरिएको हो ।

    फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०÷७० छात्रा गरी एक सय ४० जनाले नाम टिपाएका गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

    नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको सहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

    प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताए ।

    उनले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिए ।

    धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाइ थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij