बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

वेस्ट इन्डिजविरुद्ध म्याक्सवेलको शतक, रोहितको रेकर्डको बराबरी


  • 550
    SHARES
  • https://indrenipost.com/posts/6564
    माघ २८, २०८० आइतबार
    वेस्ट इन्डिजविरुद्ध म्याक्सवेलको शतक, रोहितको रेकर्डको बराबरी

    काठमाडौं । अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी- २० कीर्तिमानी ब्याटिंग गरेका छन् ।

    वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा ५० बलमा शतक बनाउदै म्याक्सवेलले पाँचौं शतक बनाएका हुन् ।

    योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् । 

    रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर किर्तिमान बराबरी गरेका हुन् ।   

    टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादवले ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।  

    वेस्ट इन्डिजविरुद्धको यस खेलमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ ।

    जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij