शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई


  • 622
    SHARES
  • https://indrenipost.com/posts/6565
    माघ २८, २०८० आइतबार
    प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

    टक्सार (भोजपुर) । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा सञ्चालन भएको कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ ।

    शनिबार भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम चरण ‘लाइट प्रोटेस्ट’का कारण स्थगित भएपछि आयोजक र खेलाडी टोलीबीच भएको छलफलअनुसार दुबै टोलीलाई विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिए ।

    बिजेताले एक लाख रु ५० हजार र उपविजेताले एक लाख पाउने भए पनि दुवै टोलीलाई विजेता बनाइएपछि रु एक लाख २५ हजारका दरले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

    यस्तै प्रतियोगिताअन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीले रु पाँच हजारका साथै पदक तथा प्रमाणपत्र पाए । विजेताहरुलाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गरेका थिए ।

    गत २४ गतेदेखि सुरु प्रतियोगितामा प्रदेशभित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी आठ टोलीले सहभागिता जनाएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij