बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6574
    माघ २९, २०८० सोमबार
    आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

    काठमाडौं । आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो ।

    आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

    खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो । आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए ।

    उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ । टोसँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij