बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6614
    फागुन १, २०८० मंगलबार
    माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

    काठमाडौं । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

    मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् ।

    यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

    नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

    माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij