बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

महिला प्रिमियर कपको क्वाटरफाइनल : नेपालले कुवेतको सामना गर्दै


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6628
    फागुन २, २०८० बुधबार
    महिला प्रिमियर कपको क्वाटरफाइनल : नेपालले कुवेतको सामना गर्दै

    काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुँदैछन् । जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ ।

    मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

    नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । त्यसैगरी समूह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

    आजै अन्य क्वाटरफाइनलमा बिहान सवा ११ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान सवा ७ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र यूएई खेल्दै छन् ।

    १६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् ।

    त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij