बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6638
    फागुन २, २०८० बुधबार
    एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

    काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

    मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको टसमा कुवेतकी कप्तान अम्ना तारिकले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् ।

    यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

    नेपालले हङ्कङ र भुटानलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो ।

    कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij