काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दैछ ।
यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुँदैछ ।
नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबार नै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दैछन् ।
यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुँदैछ । सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनोट हुनेछन् ।