मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित


  • 469
    SHARES
  • https://indrenipost.com/posts/6696
    फागुन ४, २०८० शुक्रबार
    एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

    काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् ।

    उनले ५३ बल खेल्ने क्रममा छ चौका प्रहार गरिन् । साथै मास एलिसाले १३, महिराह इजातीले १६ र वान जुलियाले ११ रन बनाए । नेपालका लागि सीता रानामगर र कविता जोशीले दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले एक/एक विकेट लिए ।

    त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन ।

    उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् । त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५, सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन ।

    मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij