मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै


  • 514
    SHARES
  • https://indrenipost.com/posts/6717
    फागुन ५, २०८० शनिबार
    आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै

    काठमाडौं । आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ ।

    नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् ।

    यस्तै ओडाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् ।

    नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् ।

    यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij