काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत समूह एफबाट नेपालको छनोट हुने सम्भावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाढेपछी नेपालको महिला एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको हो ।
खेलमा दुवै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले भने हङकङको तुलनामा राम्रो खेल प्रस्तुत गरेको थियो । यद्यपि नेपाल फिनिसिङमै चुकेको थियो । समूह एफ मा दुई खेलबाट १ अंक जोडेको नेपाल पुछारमा छ ।
यस्तै १ खेल खेलेको फिलिपिन्स ३ अंक सहित शीर्षस्थान तथा समान १ खेलबाट १ अंक जोडेको हङकङ दोस्रो स्थानमा छ । नेपालको सम्भावना सक्किएसङै अब समूह एफ बाट फाइनल चरणमा पुग्न फिलिपिन्स र हङकङ बिच प्रतिस्पर्धा हुनेछ । फिलिपिन्सलाई अन्तिम खेलमा हङकङलाई बराबरमा रोके पुग्नेछ भने हङकङलाई जितको बिकल्प छैन ।
यस अघि पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससंग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालको सुरुवाती-११ गोलकिपर - अन्जिला तुम्बाप्पो सुब्बा डिफेन्डर - हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक मिडफिल्डर - रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन फरवार्ड - प्रीति राई, सबिता राना मगर, विमला चौधरी ।