बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

पुरुष फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने


  • 5.7K
    SHARES
  • https://indrenipost.com/posts/781
    असोज ५, २०७८ मंगलबार
    पुरुष फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ ।

    नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । दोहामा हुने खेल स्थानीय समयअनुसार रातको ७ बजे हुनेछ । साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा रहेको छ ।

    यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मामाल्दिभ्स जाने छन् । आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

    नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर असोज १५ गते हुनेछ । दोस्रो खेल श्रीलंकासँग १८ असोजमा खेल्नेछ। नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    images

    रमेश सुवेदी
    उनी इन्द्रेणीपोष्ट डटकमका खेल संवादाता हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij