बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेल

ईपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि त्रिवि मैदानमा सुरु हुँदै 


  • 3.9K
    SHARES
  • https://indrenipost.com/posts/847
    असोज ९, २०७८ शनिबार
    ईपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि त्रिवि मैदानमा सुरु हुँदै 

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज (शनिबार)बाट सुरु हुँदैछ । ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ ।

    ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्रास्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने छन् । 

    दुवै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुवैको लक्ष्य पहिलो खेलमा २ अंकको लागि हुनेछ  । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी लगायतका खेलाडी रहने छन् ।

    काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् । चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका हुन् ।

    प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने जनाइएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij