सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
अन्तर्राष्ट्रिय
शुक्रबार, माघ १९ २०८०

प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ । गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए अनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा

शुक्रबार, माघ १९ २०८०

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो । “सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा

बिहीबार , माघ १८ २०८०

गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ । करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो । देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन

बुधबार, माघ १७ २०८०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि चौथोपटक सिफारिस गरिएको छ । अमेरिकी विपक्षी दल रिपब्लिकन पार्टीकी सांसद क्लाउडिया टेनीले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेकी हुन् । यससँगै ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयन प्रक्रियामा प्रवेश गरेका छन् । क्लाउडिया टेनीले यस

बुधबार, माघ १७ २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो । पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र

मंगलबार, माघ १६ २०८०

पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्र मार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उनले बताए ।  प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै

मंगलबार, माघ १६ २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य दस्तावेज चुहावट गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२२ मा प्रधानमन्त्री पदबाट विपक्षीहरूले अपदस्थ गरेका खान भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका छन् । पछिल्लो फैसलापछि पनि उनले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित

सोमबार, माघ १५ २०८०

काठमाडौं । भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका हुन् । दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह–विकास र सह–उत्पादनमा सहमत

आइतबार, माघ १४ २०८०

उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ । प्रक्षेपणहरू गत साता

आइतबार, माघ १४ २०८०

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गरेका छन् । गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भने, मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैं यी

आइतबार, माघ १४ २०८०

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा निकै चिसोका कारण निमोनियाका हुँदा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । पञ्जाब सरकारले शुक्रबार मृत्युको पुष्टि गर्दै पछिल्लो तीन हप्तामा उक्त मृत्यु भएको स्पष्ट पारेको थियो । पञ्जाबको सरकारका अनुसार मृत्यु भएका अधिकांश बालबालिकाले निमोनियाको खोप पाएका थिएनन्, कुपोषित थिए

शनिबार, माघ १३ २०८०

न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गर्नुभएको छ । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा

शनिबार, माघ १३ २०८०

यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ । हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ । इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो । गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो

शुक्रबार, माघ १२ २०८०

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रूसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ । खार्किभ

बिहीबार , माघ ११ २०८०

गाजाको प्रमुख दक्षिणी सहर खान युिनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल

बिहीबार , माघ ११ २०८०

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ । जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले

बुधबार, माघ १० २०८०

चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ । गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो । कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी

बुधबार, माघ १० २०८०

उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागूऔषध बरामद गरेको छ । प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागूऔषध भेला पारिएको बताएका छन्

बुधबार, माघ १० २०८०

काठमाडौं । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताएका छन् । पूर्वी सहर खार्किभमा तीनजनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद सहरमा एकजनाको र किभमा

बुधबार, माघ १० २०८०

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन् । अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन् । यता गाजामा मारिने इजरायली सैनिकको कुल संख्या २१९ पुगेको

बुधबार, माघ १० २०८०

इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ । एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको

मंगलबार, माघ ९ २०८०

गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ । गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए)

मंगलबार, माघ ९ २०८०

उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले

मंगलबार, माघ ९ २०८०

दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ । प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ । उक्त क्षेत्रमा हजारौँ विस्थापित

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij