आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
खेलकुद
बुधबार, बैशाख १९ २०८१

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो

मंगलबार, बैशाख १८ २०८१

इङल्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि इङल्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । इङल्याण्डको विश्वकप खेल्ने टिममा जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी

मंगलबार, बैशाख १८ २०८१

दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी,

मंगलबार, बैशाख १८ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै

मंगलबार, बैशाख १८ २०८१

ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् । उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् । उनी २०२० मा पिएसजीबाट

मंगलबार, बैशाख १८ २०८१

न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन,

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ । जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ

सोमबार, बैशाख १७ २०८१

आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको राष्ट्रिय टिमको घोषणा भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलिम्सनको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो । टिममा कप्तान विलिम्सनसहित मार्क च्यापम्यान, फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम,

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले

आइतबार, बैशाख १६ २०८१

अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै लुइस स्वरेज र बेन्जामिन क्रिमासचीले एक

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ३४ बजेदेखि हुँदैछ । जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानका लागि कप्तान सन्जु

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पनि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । नेपालले वेष्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेष्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेष्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा ५२ रन बनाएका हुन् । यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२:१५ बजेदेखि सुरु हुनेछ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली

शुक्रबार, बैशाख १४ २०८१

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यो जितपछि

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ ।   कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदैछ ।   जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल,

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुनेछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ । जारी आइपिएलमा अहिलेसम्म खेलेका खेलमा सनराइजर्स हैदरावादले ७ खेलमा ५ जित

बुधबार, बैशाख १२ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।   दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको

मंगलबार, बैशाख ११ २०८१

वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij