मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
मंगलबार, पुष २४ २०८०

जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त

मंगलबार, पुष २४ २०८०

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ । बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् । ब्राजिलियाली प्रेस रिपोर्टअनुसार

मंगलबार, पुष २४ २०८०

भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन । घर आगलागी हुँदा

सोमबार, पुष २३ २०८०

जापानमा अंग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो

सोमबार, पुष २३ २०८०

काठमाडौं । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आइतबार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । आक्रमणमा एक इजरायली प्रहरी अधिकारीको पनि मृत्यु भएको छ । यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै मारिने कम्तीमा ६ जना आतंककारी भएको जनाएको छ । इजरायली सेनाले शनिबार र आइतबारको

सोमबार, पुष २३ २०८०

१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन् । शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन् । उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ

सोमबार, पुष २३ २०८०

मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल-शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ । एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल-कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा

सोमबार, पुष २३ २०८०

मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम बर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ । जापानमा जनवरी १

सोमबार, पुष २३ २०८०

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ । तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारले हमासलाई

बिहीबार , पुष १९ २०८०

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताए । इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन गर्नका लागि एक समाधान’ लाई बढावा दिन र गाजापट्टीमा इजराइली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान

बुधबार, पुष १८ २०८०

काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।तर इजरायलले भने

मंगलबार, पुष १७ २०८०

इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो । आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन

मंगलबार, पुष १७ २०८०

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् । प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी

मंगलबार, पुष १७ २०८०

काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । मध्यजापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको हो । त्यहाँको राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री

मंगलबार, पुष १७ २०८०

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरू भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ । यसैबीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल(कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् । उनले

सोमबार, पुष १६ २०८०

प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार

आइतबार, पुष १५ २०८०

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलले गाजा युद्धमा अद्वितीय नैतिकता प्रदर्शन गरेको आइतबार बताएका छन् । प्यालेस्टिनी क्षेत्रमा नरसंहार कृत्य गरिरहेको भन्ने दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गर्दै उहाँले सो कुरा बताएका हुन् । तेलअविवमा क्याबिनेट बैठकमा उनले भने, हामी आफ्नो रक्षात्मक युद्ध जारी राख्नेछाँ, जसको न्याय र नैतिकता

शनिबार, पुष १४ २०८०

भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ । शुक्रबारसम्म भूकम्पपछि विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै

शनिबार, पुष १४ २०८०

दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’ अन्तर्गत इजरायलको दायित्वको कथित उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको हो । तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ । इजरायलको विदेश मन्त्रालयले दक्षिण

शनिबार, पुष १४ २०८०

रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण सुरू गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए । आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् । उक्त आक्रमणबाट १६० जनाभन्दा बढी

शुक्रबार, पुष १३ २०८०

रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो । कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ । युक्रेनको उत्तरपूर्वमा खार्किभ,

शुक्रबार, पुष १३ २०८०

बङ्गलादेशमा सन् २०२३ मा एचआईभी/एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो । यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी

शुक्रबार, पुष १३ २०८०

इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको

बिहीबार , पुष १२ २०८०

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो । उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन्

बिहीबार , पुष १२ २०८०

कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो । उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौं घाइते

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij