शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
राजनीति
मंगलबार, फागुन २२ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले बताए । यस्तै, भौतिक

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । नयाँ सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीसँग पनि छलफल गर्ने भएको छ । ती दललाई छलफलका लागि मंगलबार दिउँसो दुई बालुवाटार बोलाइएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताए । नेपाली कांग्रेससँगको सहकार्य तोडेर सोमबार नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं

सोमबार, फागुन २१ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार

सोमबार, फागुन २१ २०८०

काठमाडौं । एमाले-माओवादी लगायत अन्य दलहरूको नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्

सोमबार, फागुन २१ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।  कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन

सोमबार, फागुन २१ २०८०

काठमाडौं । नयाँ गठबन्धनको बैठक फेरि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बस्ने नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए । बैठकपछि नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गरिने ती पदाधिकारीले बताए । बालुवाटारमै आज बिहान पनि गठबन्धनको बैठक

सोमबार, फागुन २१ २०८०

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन

सोमबार, फागुन २१ २०८०

काठमाडौं । नयाँ सत्तासमीकरणपछि बन्ने मन्त्रिपरिषद्मा मन्त्री बन्ने तीन जनाको नाम टुंगो लागेको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाबाट एक एक जना मन्त्रीको नाम टुंगिएको बताए । उनका अनुसार माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री

सोमबार, फागुन २१ २०८०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि

सोमबार, फागुन २१ २०८०

काठमाडौं । नयाँ सत्तासमीकरणअनुसार आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरिने नेताहरूले बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बनाउन लागिएको नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायत दल सम्मिलित सरकार

सोमबार, फागुन २१ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् म सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।” तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१

सोमबार, फागुन २१ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन् । सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । माओवादी केन्द्रसँग सोही विषयलाई लिएर सरकार सञ्चालन सम्बन्धी सहमति पनि लगभग

सोमबार, फागुन २१ २०८०

काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएको छ । सरकार परिवर्तनका साथै आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । अबको सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुने बताइएको छ । अन्य दलहरुसँग पनि

सोमबार, फागुन २१ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो । संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे रास्वपाले पार्टीमा छलफल गर्न लागेको हो । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शीर्ष दलका नेतासँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि

सोमबार, फागुन २१ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन् । प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्

सोमबार, फागुन २१ २०८०

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ

सोमबार, फागुन २१ २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।   संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले 'महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आव २०७९/०८०' पेश

सोमबार, फागुन २१ २०८०

काठमाडौं । सत्ता

सोमबार, फागुन २१ २०८०

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बालुवाटारमा जारी रहेकाे हो । माओवादी केन्द्र र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुको खुलासा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार

सोमबार, फागुन २१ २०८०

काठमाडौं । राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij