आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
प्रदेश
बुधबार, चैत २१ २०८०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ । यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो । तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने

मंगलबार, चैत २० २०८०

काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा

मंगलबार, चैत २० २०८०

सुर्खेत । कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत लिने निर्णय पारित गरेको छ । मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले विश्वासको मतका विषयमा कुनै निर्णय नगरेका कारण बिहान ११ बजे बसेको

मंगलबार, चैत २० २०८०

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको

मंगलबार, चैत २० २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)लाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच यहाँ माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै छ । सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन् । सोमबार भएको

मंगलबार, चैत २० २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए

सोमबार, चैत १९ २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । सरकारमा सहभागी दलले

बिहीबार , चैत १५ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ । सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो । सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् । सत्ता गठबन्धनमा निर्णायक

सोमबार, चैत १२ २०८०

सुर्खेत । एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरे । यस्तै, पदाधिकारीमा पनि देवकोटाकै प्यानल विजयी भएको छ । यद्यपि, नर्वाचन कमिटीले

शनिबार, चैत १० २०८०

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट तीन मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश

शनिबार, चैत १० २०८०

बेलबारी (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । पूर्व

शुक्रबार, चैत ९ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो

सोमबार, चैत ५ २०८०

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसबारे प्रदेश प्रमुखको कार्यालयलाई मौखिक जानकारी समेत गराइएको छ । तर, कुन मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा जानकारी दिइएको छैन । स्रोतका अनुसार, निर्विरोध निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दै

शुक्रबार, चैत २ २०८०

काठमाडौं । नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो । यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन् । दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम

मंगलबार, फागुन २९ २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । गत फागुन १० गते बसेको

सोमबार, फागुन २८ २०८०

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश, मधेस र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश

सोमबार, फागुन २८ २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाँचौं पटक आज मन्त्रीमण्डल विस्तार गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउँदै पाँचौंपटक सरकार विस्तार गरेका हुन् । यसअघि मुख्यमन्त्री शाहले सरकार जोगाउन उन्मुक्तिका तीन जनालाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका थिए । आजनै

सोमबार, फागुन २८ २०८०

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए । “सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका

सोमबार, फागुन २८ २०८०

काठमाडौं । मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आइतबार

शनिबार, फागुन २६ २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । शुक्रबार राति मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका मन्त्रीहरूलाई सरकारमा सहभागी गराएर शपथ खुवाएका थिए । तर, त्यसको १२ घण्टा पनि नबित्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएकी

शनिबार, फागुन २६ २०८०

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको

शनिबार, फागुन २६ २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका

बिहीबार , फागुन २४ २०८०

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले

बुधबार, फागुन २३ २०८०

काठमाडौं । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन

मंगलबार, फागुन २२ २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन् । उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन् । सुदूरपश्चिम

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij