मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
राजनीति
मंगलबार, चैत १३ २०८०

काठमाडाैं । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि

मंगलबार, चैत १३ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार

सोमबार, चैत १२ २०८०

कामठाडौं । स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङमा दावी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिएका हुन् । गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट

आइतबार, चैत ११ २०८०

काठमाडौं । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन्

आइतबार, चैत ११ २०८०

काठमाडौं । निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । आयोगले नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, किरात खम्बुवान साझा पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले दिएको निवेदन अनुसार प्रस्तावित नाम स्वीकृत गरेको हो । गत बिहीबार बसेको आयोगका पदाधिकारीको बैठकले

आइतबार, चैत ११ २०८०

काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई

आइतबार, चैत ११ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले महाधिवेशनको तयारीबारे छलफल गर्ने बुझिएको छ । आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेशनको राजनीतिक दस्तावेजमा समावेश गरिने

शनिबार, चैत १० २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिउका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् । सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको

शनिबार, चैत १० २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनको भनाइ छ । “तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै

शनिबार, चैत १० २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।    उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए

शुक्रबार, चैत ९ २०८०

फिक्कल (इलाम) । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता-कार्यकर्तालाई माफी दिने तयारी थालेको छ । कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने भएको हो । कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी, एकीकृत समाजवादी

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौंको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो । यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एउटा समितिको बैठक बस्नेछ । पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिरी जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय

सोमबार, चैत ५ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् । अध्यक्ष प्रचण्डले मंगलबार बिहान ८ बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन्

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij