आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
मधेश
शुक्रबार, माघ ७ २०७८

काठमाडौं । परिषद्ले जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, विवाहमण्डप, गंगा आरतीस्थल, गंगासागर तथा बाराको गढीमाई र सप्तरीको छिन्नमस्ता मन्दिरमा डिजिटल लाइटिङका लागि १३ करोड लियो । तर, जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाहमण्डप तीन ठाउँमा मात्रै लाइटिङ गरेको छ । यसमा पनि स्टिमेटअनुसार त जानकी मन्दिरको चारैतिर

बिहीबार , माघ ६ २०७८

धनुषा । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ ।  सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।  आज (बिहीबार) भएको सहमतिमा एमालेका

बिहीबार , माघ ६ २०७८

गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् ।  जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।  अवरोध

सोमबार, माघ ३ २०७८

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । दलहरुको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो । २०७४ सालयता जनकपुर नै अस्थायी राजधानीको रुपमा

सोमबार, माघ ३ २०७८

काठमाण्डौ । प्रदेश(२ को नामाकरण र स्थायी राजधानी तोक्नको मतदान जारी छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रदेश २ निर्वाचन प्रक्रियामा गएको छ । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ

मंगलबार, पुष २७ २०७८

जनकपुरथाम । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने

मंगलबार, पुष २७ २०७८

जनकपुरथाम । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने

बिहीबार , पुष २२ २०७८

जनकपुरधाम । प्रदेश २ मा शीतलहरसँगै चलेको पश्चिमी हावाका कारण बढेको चिसो थेग्न नसक्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका४ का ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको छ । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार, पुष १३ २०७८

काठमाडौं । सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा तोडेर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । मंगलबार दिउँसो मिर्चैयामा निषेधाज्ञा तोडेर आन्दोलनकारीले प्रदर्शन र कोणसभा गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको गरेको भए पनि आन्दोलनकारीहरु सडकमा आएका हुन् । प्रदर्शनकारीले

सोमबार, पुष १२ २०७८

सिराह । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीले बन्द आह्वान गरेका बेला जबर्जस्ती गाडी चलाए कारबाही हुने चेतावनी दिएका छन् । जनमत पार्टीको सिरहा जिल्ला समितिले सोमबार जिल्लामा चक्काजाम गराएको दिन राउतले सडकमा टायर बाल्दै गरेको तस्बिरहित आन्दोलन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्

सोमबार, पुष १२ २०७८

लहान । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको

सोमबार, पुष १२ २०७८

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो । बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हत्याराको पहिचान

आइतबार, पुष ११ २०७८

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत

शनिबार, पुष १० २०७८

जनकपुर । नेपाली काँग्रेस पदेश २ को पहिलो अधिवेशनअन्तर्गत सदस्यतर्फको मतगणनाको विषयमा विवाद चर्किएको छ । उम्मेदवार र निर्वाचन समितिबीच गणनामा प्रतिनिधि राख्ने विषयमा सहमती हुन नसकेपछि प्रदेश सदस्यको गणना स्थगित भएको छ । गएराति पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्य पदका उम्मेदवारले आफूसहित दुइ दुई जना प्रतिनिधि

शनिबार, पुष १० २०७८

जनकपुर । काँग्रेस नेता विमलेन्द्र निधि प्रदेश २ को पार्टी समितिमा आफूपक्षीय नेतालाई जिताउन असफल भएका छन् । क्षेत्रीय र प्रदेश प्रतिनीधि छनोटमा निकै पछि परेका निधिले गृहप्रदेशको उपल्लो पार्टी संरचनाका लागि नेता शेखर कोइरालासँग समीकरण बनाएका थिए । तर उनले प्रदेश सभापतिमा अघि सारेका उम्मेदवार

शनिबार, पुष १० २०७८

काठमाडौं । जनकपुरमा जारी नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्नका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् । विमलेन्द्र निधिशेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको क्लिनस्वीप भएको हो । हालसम्मको

बिहीबार , मंसिर २३ २०७८

काठमाडौं । प्रदेश २ बाट नेपाली काँग्रेसको १४औं महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । यस्तै महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न

सोमबार, मंसिर २० २०७८

काठमाडौं । प्रदेश २ मा नेपाली काँग्रेसको प्रदेश अधिवेशन स्थगित भएको छ । पार्टी भित्रको विवादै विवादले केही जिल्लाबाट मतदाता नामावली प्राप्त नहुँदा अधिवेशन स्थगित भएको हो ।  पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन स्थगित

मंगलबार, मंसिर ७ २०७८

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका

आइतबार, मंसिर ५ २०७८

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । लामो रस्साकस्सीपश्चात् दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज आइतबार बिहान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएको हो । उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश–२ को सरकारमा सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए । वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् । यादवले सम्हाल्दै आएको

शनिबार, कात्तिक २७ २०७८

जनकपुर । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले, ‘समाजिक सद्भाव खलल पुग्ने

शुक्रबार, कात्तिक २६ २०७८

जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ । १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो । विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त

सोमबार, कात्तिक २२ २०७८

जनकपुरधाम । मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो । छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ । आजको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij